दफा ७
संचालक समितिको गठन
(१) कोषको सम्पूर्ण काम कारवाईको संचालन र रेखदेख गर्न देहायबमोजिमको संचालक समिति रहनेछ :
(क) प्रधान न्यायाधीश – अध्यक्ष
(ख) सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश – सदस्य
(ग) महान्यायाधिवक्ता – सदस्य
(घ) नेपाल सरकारको सचिव, कानून तथा न्याय मन्त्रालय – सदस्य
(ङ) रजिष्ट्रार, सर्वोच्च अदालत सदस्य – सचिव
(२) संचालक समितिले आफनो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।